चीनमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु

चीनमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु

१२ साउन काठमाडौँ । चीनको उत्तर पश्चिमी प्रान्त गान्सुमा  आएको भीषण बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय एमईएमकाअनुसार गान्सु प्रान्तको डिङसी सहरस्थित वेइयुआन काउन्टीमा अचानक परेको भारी वर्षापछि बाढी आएको हो । बाढीले उक्त क्षेत्रका पर्यटकीय स्थलहरूमा ठूलो क्षति पुर्‍याएको छ । स्थानीय अधिकारीहरूकाअनुसार बाढी आउँदा पर्यटकीय क्षेत्रमा क्याम्पिङ गरिरहेका केही पर्यटकहरू बाढीको चपेटामा परी फसेका थिए ।