चिकित्सक संघको देशभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

चिकित्सक संघको देशभरका  अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

१२ साउन काठमाडौँ । नेपाल चिकित्सक संघले आज मंगलबार देशैभरका सरकारी, गैरसरकारी र निजी अस्पताल हरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्दको घोषणा गरेको छ ।

संघले सोमबार साँझ विज्ञप्ति जारी गर्दै वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी हरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज आकस्मिक बाहेका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हो ।संघले गत शनिबार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा। प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको जनाएको छ।