११ साउन सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा दिइएको छ । गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार साउन ११ र १२ शोक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।
देवानगञ्ज–३, कप्तानगन्जमा आइतबार साउन १० राति दुई समूहबीचको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको थियो । देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको शोकमा बिदा दिइएको हो ।यी दुई दिन देवानगञ्ज गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, शैक्षिक संस्थामा शोक बिदा दिइएको अध्यक्ष मेहताले जारी गरेको सूचनामा जनाइएको छ ।गोली लागेर युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न पाँच ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ ।