सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यु

११ साउन सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।झडपमा १६ जना घाइते भएका छन् भने अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले पाँचवटा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

प्रहरीको गोली लागेर देवानगञ्ज ३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।