१० साउन दाङ । माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।अर्का एक जना किशोर घाइते भएका छन ।दाङजिल्लाको राजपुर गाउँपालिका–२ पिपल डाँडाका १३ वर्षीय दीपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हेमबहादुर केसीले जानकारी दिए।त्यो घटनामा परी १८ वर्षीय सुमित यादव घाइते छन्।
उनी खतरा मुक्त रहेको डिएसपी केसीले बताए।शनिबार राति ९ बजेतिर बेलास्थित दुर्गा सामुदायिक वन भित्र ट्याक्टरसहित लुकिछिपी माटो लिन भनेर गएका मध्य एक जना बाललको माथिबाट झरेको माटोको ढिस्कोले पुरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।