६ साउन बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनाको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २१६ वटा मुद्दा दर्ता गरेको बताएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार चालु मुद्दाका १५७ जना प्रतिवादी पक्राउ परेका छन्।प्रहरीका अनुसार असार महिनामा ११ वटा जघन्य तथा गम्भीर अपराध, १४७ वटा सामान्य अपराध, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी १६ वटा र आर्थिक अपराधसम्बन्धी ५४ वटा मुद्दा दर्ता भएका छन्।
यस्तै, सार्वजनिक चासोका ५४ वटा पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको छ भने सम्पत्ति शुद्धीकरणसम्बन्धी १ वटा मुद्दा दर्ता भएको छ।फैसला कार्यान्वयनतर्फ ९२ जना पक्राउ परेका छन्। उनीहरूबाट ४५ वर्ष ३ महिना २३ दिन कैद तथा ४७ लाख १० हजार ३५१ रुपैयाँ बिगोरक्षतिपूर्ति असुल गर्नुपर्ने देखिएको प्रहरीले जनाएको छ।