५ साउन कैलाली । मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगर सहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दिया जिल्लाको राजापुर नगरपालिका– १ का २२ वर्षीय हिमाल चलाउने सहित दुई जना ब्राउन सुगर सहित पक्राउ परेका हुन ।कैलालीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार सोमबार बेलुकी साढे ७ बजेतिर जिल्लाको टीकापुर नगरपालिका– ८ मा २५ वर्षीय राजेन्द्र रावत र राजापुर–१ कै उनका साथी २५ वर्षीय राजेन्द्र रावतलाई शंका लागि चेकजाँच गर्ने क्रममा चलाउनेले मलद्वारमा लुकाइ छिपाइ राखेको अवस्थामा सात सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
पक्राउ परेका दुबै जनालाई इप्रका टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै, इप्रका चौमालाबाट प्रहरी नायब निरीक्षक नवराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरीले सोमबार बेलुकी ७ बजेतिर थप दुई जना युवालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ।जिल्लाको गौरीगंगा नगरपालिका–२ झिल उत्तर कटानस्थित बृद्धा आश्रम नजिकबाट सोही वडाको झिलेका २८ वर्षीय कृष्ण साउद र २३ वर्षीय खेम साउद पक्राउ परेको जिल्ला प्रवक्ता विष्टले बताए।