बर्दियाका युवाको काठमान्डौमा निधन

बर्दियाका युवाको काठमान्डौमा निधन

५ साउन काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल हेर्ने क्रममा भक्तपुरमा झगडा हुँदा घाइते भएका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दिया घर भई भक्तपुरकै सल्लाघारीमा बस्दै आएका करिब २७ वर्षीय राज कार्की घाइते भएका थिए । मध्यपुर अस्पतालमा उपचारका क्रममा सोमबारै उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।भक्तपुरको घ्याम्पेडाँडास्थित होटेलमा सोमबार साउन ४ फुटबल हेर्न पुगेका युवाबीच झगडा भएको थियो ।