४ साउन काठमान्डौ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० कृति छनोट गरेको छ ।गुठीका अनुसार यस वर्ष मदन पुरस्कारका लागि विभिन्न विधाका कुल २९८ पुस्तक प्राप्त भएका थिए । तीमध्ये मूल्यांकन प्रक्रियापछि १० कृति अन्तिम सूचीमा छनोट गरिएका हुन् ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी प्रेस विज्ञप्तिमा छनोट भएका १० कृतिमध्ये एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिने उल्लेख गरिएको छ ।छनोट भएका कृतिहरूमा ‘अज्ञात’ केशवराज ज्ञवाली, ‘इथा’ केशव दाहाल, ‘उत्कर्ष’ ललित विष्ट, ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ रोशनकुमार या, ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ वीणा जोशी राजभण्डारी, ‘परिधि’ उमा सुवेदी, ‘महायुग’ सीमा आभास, ‘सलह’ श्रवण मुकारुङ, ‘स्वस्पर्श’ डा। नवराज केसी र ‘हिउँद’ नदीश रहेका छन् ।