४ साउन कन्चनपुर । जंगलमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । कन्चनपुरको भीमदत्त नगरपालिका–१९ को बागफाँटाका महिलाहरू सम्पर्कविहीन भएको बताइएको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए ।