१७ जेठ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको जमिन मिचेको मात्र नभएर नेपालले पनि भारतको जमिन मिचेको दावी गरेका छन् । आज बसेको संसद बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका छन् ।उनले भने, ‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ ।
भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं ।’उनले कहाँ कहाँ नेपालले सीमा मिचेको छ भन्ने चाहिँ खुलाएनन् । नेपालका कुनै पनि प्रधानमन्त्रीले आफ्नो देशले छिमेकी देशको सीमा मिचेको अभिव्यक्ति दिएको यो सम्भवत पहिलोपटक हो ।