हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेन शाहको राजीनामा

हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेन शाहको राजीनामा

७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन् ।प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै राईले भने, ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दाखेरी राम्रो हुन्छ ।’आजको संसद बैठक सुरु भएलगत्तै अघिल्ला दिनजस्तै उठेर राईले प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यसपछि सभामुख डीपी अर्यालले उनलाई दुई मिनेट बोल्न समय दिए ।

आफ्ना भनाइ राख्ने क्रममा राईले प्रधानमन्त्री शाह पनि संसद सदस्य भए संसद निमावलीको नियम १५ को उपनियम २ मा भएको व्यवस्था अनुसार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताए ।