‘मालती मंगले’ फ्लप

‘मालती मंगले’ फ्लप

७ जेठ काठमाडौं । वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म ‘लालीबजार’ र ‘मालती मंगले’ बहिष्कारको परे तर एकको व्यापार ठीकठाक देखिँदा अर्को संकटमा परेको छ ।

नथिया कुप्रथाको घटनामा बनेको फिल्म ‘लालीबजार’ले सुरुवाती ११ दिनमा ४ करोड २९ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।अब एक साता फिल्मले मध्यम व्यापार गरे बक्स अफिसबाटै लगानी सुरक्षित गर्ने देखिन्छ ।गायकसमेत रहेका ‘मालती मंगले’का निर्माता भने तनावमा परेका छन् । ढकालले फिल्म प्रचारका क्रममा दिएको अन्तर्वार्तामा जेन जी आन्दोलनका आडमा जेलबाट भागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई घर पुर्याउन आफ्नै गाडी प्रयोग र आफू नै चालक रहको खुलाएका थिए ।यही कारण उनको फिल्म बहिष्कारमा परेको हो । सभापति लामिछानेले नै फिल्मको प्रिमियरमा पुगेर ‘रामकृष्ण एक घामले सुक्ने ताल’ होइन भन्दै ढाडस दिएका थिए ।तर, उनको फिल्मको व्यापार एकदमै कमजोर देखिएको छ । सुरुवाती ९ दिनमा यस फिल्मको व्यापार ४४ लाख ७८ हजार मात्रै छ ।घरेलु बक्स अफिसको कमजोर व्यापारले भन्दा पनि उनी विदेशी प्रदर्शकहरू बिच्किएर बढी तनावमा देखिन्छन् ।