६ जेठ हुम्ला । हुम्लामा आएको बाढि पहिरोका कारण ठुलो क्षति भएको बताइएको छ । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।
गएराति एक्कासी असिना–पानी सहितको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ । साथै खेतीयोग्य जग्गा र गोठहरु पनि बगाएको प्रारम्भिक जानकारी आएको चंखेली गाउँपालिका वडानम्बर ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए ।