३ जेठ बर्दिया । बर्दियामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका वडा नम्बर २ सोहरिया निवासी ४५ बर्षिय जगविर थारुको रुखले च्यापिएर मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । स्थानिय बदालपुर कुलो सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा रुख काट्ने क्रममा अचानक रुखले च्यापिँदा थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।