सोमबार , १८ अषाढ २०८०
काठमाडौं
सरकार भ्रस्टाचार अन्त्य शुसासन कायम राख्ने दृढ भय संगै ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ।सिआइबीले समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो।
सिआइबीका एसएसपी दिनेश आचार्यले थप २ जनालाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको नयाँ शिरालाई बताए।
ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ।
यो प्रकरणमा उच्छ पदस्थ तानिने संभावना रहेको स्रोतको दाबी छ । यो घटना साथसाथै भ्रस्टाचार अन्त्यको आशा पलायको चिया चौतारिमा सुनिन थालेको छ ।