शनिबार , १६ अषाढ २०८०
काठमाडौं
भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले लाल पुर्जा वितरण गरेकी छन ।
आज कैलालीको बर्दगोरिया गाउँपालिका र कंचनपुरको कृष्णपुर नगरपालिकामा भएको छुट्टाछुट्टै कार्यक्रममा ७० भूमिहिन घरपरिवारलाई जग्गा धनी लालपुर्जा प्रदान गरिएको हो ।
उनले भनिन ‘संविधानले दिएको अधिकार अनुसार अब कोहि पनि नेपाली भूमिहिन हुनुपर्दैन।’ धेरै स्थानिय तह र जिल्ला स्थित भुमिहिन, अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग ले द्रुत गतिमा काम गरिरहेको र चाडै सवैले धनी पुर्जा प्राप्त गर्ने बिश्वास व्यक्त गरिन ।
यसै गरि बाके नरैनापुर गाउँ पालिकामा पनि आजै धनी पुर्जा वितरण गरिएको थियो ।