युवा नेता द्वारा गरिब,जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

48Shares
युवा नेता द्वारा गरिब,जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

आइतबार , १० अषाढ २०८०

म्याग्दी

ने क पा (माओवादी केन्द्र ) का युवा नेता अर्जुन थापाले स्वर्गीय  बुवाआमाको सम्झनामा स्थापना  भयको चन्द्रलोक शैक्षिक कोषबाट छात्रवृत्ति वितरण गरेका छन ।

व्यवसायी समेत रहेका थापाले धौलागिरी गाउँ पालिकाको ११ माबिका १६० जना अति बिपन्न , अनाथ, जेहेन्दार विद्यार्थीहरुलाइ वर्ष भरि पुग्नेगरी शैक्षिक सामाग्री वितरण गरेका हुन  ।

उनले बिगत १२ बर्ष अघि quick blood center स्थापना गरेर ४३ पटक रत्तदान गर्दै ५२ सय भन्दा बढि बिरामीलाई निशुल्क रुपमा सहजिकरण  गरिसकेका छन । साथै म्याग्दि लगायत वैदेशिक रोजगारिमा गएर दुुुख पाएका , रकम फसेका  युवाहरूलाई नेपाल प्रहरीको  सहयोगमा निशुल्क रुपमा पैसा उठाईदिने काम पनि गरेका छन ।समाजिक काममा सक्रीय थापा माओवादी केन्द्र विशेष प्रदेश सदस्य हुन ।