मार्क्सवादी ज्ञान केन्द्र को दुई दिने अभिमुखिकरण गाेष्ठि

मार्क्सवादी ज्ञान केन्द्र को दुई दिने अभिमुखिकरण गाेष्ठि

शुक्रबार , ८ अषाढ  २०८०

काठमाडौं

मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय समितिको आयोजनामा दुई दिने संगठनात्मक कार्यशाला एवं अभिमुखिकरण गाेष्ठि सम्पन्न भएको छ।

सातै प्रदेशको प्रतिनिधित्व भएको उक्त कार्यक्रमलाई मार्क्सवादका व्यख्याता तथा ने क पा (एकीकृत समाजवादी ) का महासचिव घनश्याम भुषालले उद्घाटन गरेका थिए । प्रमुख अतिथी समेत रहेका भुषालले ‘ लोक र शास्त्र ‘ लाई बुझ्ने सवालमा नेपालका कम्युनिस्ट हरु चुकेको बताएका हुन । उनले भने ‘ नेपाली कम्युनिस्ट हरुको ज्ञान र व्यवहारको तालमेल मिलेको छैन ।सिकेको कुरा व्यवहारत लागू गर्न सक्नु पर्छ ।’

कार्यक्रम आवासिय सहित दुन दिन चलेको कुरा व्यवस्थापनमा खटिएका सो सस्थाका सचिव हुमनाथ न्याैपानेले बताए । ६० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष मनहरी तिमिल्सिना ले गरेका थिए । सहभागिलाइ ६ वटा समूह बनाइ समुहगत छलफल गराइएको थियो ।सो कार्यक्रम काठमाडौं जिल्लाको शन्खरापुर न पा ४ जरसिङ्पौवा स्थित लाङटाङ इको रिसोर्टमा सन्चालन भएको थियो ।