मंगलवार, ५ जेष्ठ २०८०
काठमाडौं
सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय पृथ्वी बहादुर सिंह सवार सु प प्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।
दुर्घटनामा परि ममाननिय मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् ।
घाइतेको उद्धारका निम्ति सुर्खेत बाट नेपाली सेनाको हेलिकप्टर दुर्घटना स्थल तर्फ परिचालन भएको छ ।
घटनाको पुर्ण विवरण आउन बाकी नै छ ।