बर्दियामा सि डि ओ को गाडी दुर्घटना

762Shares
बर्दियामा सि डि ओ को गाडी दुर्घटना

 

कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ ।आइतबार धनगढीबाट कोहलपुर जाने क्रममा बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। गाडी भने क्षतिग्रस्त भएको छ । घटनाबारे थप  विवरण आउन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी अन्तर जिल्ला बैठकमा सहभागी भएर धनगढी फर्कंदै थिए ।