समाजवादी मोर्चा निर्माणको अन्तिम तयारिमा छौ : जनार्दन शर्मा ‘प्रभाकर’

81Shares
समाजवादी मोर्चा निर्माणको अन्तिम तयारिमा छौ : जनार्दन शर्मा ‘प्रभाकर’

आइतबार , २८ जेष्ठ २०८०

काठमाडौं

दुई तीन भित्रै समाजवादी मोर्चा निर्माण हुने कुरा ने क पा ( माओवादी केन्द्र ) का उपमहासचिब जनार्दन शर्मा( प्रभाकर ) ले बताए ।

बिष्णु- धनी २५ औ स्मृति सभामा बोल्दै प्रभाकरले भने ‘हामी समाजवादी मोर्चा निर्माणको अन्तिम रुप दिन तयारिमा जुटेका छौ । दुई तीन दिन भित्रै घोषणा गर्दैछौ । विभिन्न रुपमा छलफल भैरहेको छ । देशलाइ समृद्धि तर्फ लैजान पनि यो आवश्यक छ । त्यो हामी गर्छौ।’

 

बारबर्दिया नगरपालिका ७ बर्दिया स्थित बिष्णु पोखरेलको घरमा आयोजना भएको कार्यक्रममा उक्त कुरा पुर्व मन्त्री समेत रहेका शर्माले बताएका हुन ।

आजै पुर्व जनमुक्ति सेना नेपाल बर्दियाको सम्मेलन लाई सम्बोधन गर्न शर्मा बर्दिया पुगेको कुरा पुर्व जनमुक्ति सेना नेपाल बर्दियाका अध्यक्ष कुमार शाहिले बताउनु भयो ।