बिहिवार , २५ जेष्ठ २०८०
काठमाडौं
‘१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’को आज समापन भएको छ। सशस्त्र प्रहरी बल, प्रधान कार्यालय हल्चोकमा आयोजित समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विजयीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले खेल जस्तो राष्ट्रिय गौरवको कामलाई आफ्नो व्यावसायिकता र संगठनको हितमा समर्पित गरेकोमा खेलाडीहरूको प्रसंसा गर्नुभयो।
१० बिधामा बिभाजित विभिन्न उमेरसमुहका खेलमा ४१० खेलाडी सहभागी थिए।