मंगलवार , २३ जेष्ठ २०८०
काठमाडौं
नेकपा एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजनमा व्यापक हेरफेर गरेको छ ।
गत शुक्रवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेताहरूको कार्य विभाजन गरेको हो । कार्य विभाजनको मुख्य उद्देश्य मिसन ग्रास रुटबाट पहिचान भएका सङ्गठनात्मक समस्याहरूको समाधान गर्नु, काममा रहेको दोहोरोपन र अस्पष्टता ( एउटै भूगोल, विभाग या फाँटमा इन्चार्ज या प्रमुखका अलावा धेरै सहइञ्चार्ज/उपप्रमुख रहेको स्थितिका कारण परिभाषित काममा केन्द्रित हुन तथा जिम्मेवारी पूरा गरेको÷नगरेको मूल्याङ्कन गर्न अप्ठ्यारो परेको अवस्था) हटाउन र प्रत्येक पदाधिकारी या सदस्यलाई मापन गर्न सकिने जिम्मेवारी दिनु रहेको एमालेले जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी ७) मा ३४९ जना नेताहरूको कार्य विभाजन गरेको उल्लेख छ । जिम्मेवारी हेरफेरमा वरिष्ठ उपाध्यक्षदेखि, उपाध्यक्षहरु, महासचिव,उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्य परेका छन् । जसमा उपाध्यक्षहरूलाई ३३ वटा विभागको समन्वयको जिम्मा दिइएको छ भने प्रदेशको इन्चार्जको जिम्मा सचिवहरूले पाएका छन् । त्यस्तै स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले विभाग र जिल्लाको समेत जिम्मेवारी पाएका छन् ।
तर स्थायी समिती सदस्य मनिचन्द्र थापा लाई भने बिदा दिएको छ । थापा ने क पा ( नेकपा) बिभाजन भै एमाले र माओवादी केन्द्र हुदा एमालेमै रहेका थिए । उनी माओवादी पृष्ठभुमि भएका नेता हुन । अध्यक्ष के पि प्रधानमन्त्री हुदा उनलाइ मन्त्री समेत बनाइएको थियो । उनको पछिल्लो गतिविधि प्रती एमाले नेतृत्व सकारात्मक देखिएको छैन । कुनै पनि जिम्मेवारी नदिइ बिदा दिनुले उनलाइ घुमाउरो तरिकाले निष्क्रिय बनाउन खोजेको देखिन्छ ।