भारतमा भयानक रेल दुर्घटना , मृत्युको संख्या २३० पुग्यो

54Shares
भारतमा भयानक रेल दुर्घटना , मृत्युको संख्या २३० पुग्यो

शनिबार , २० जेष्ठ २०८०

काठमाडौं ,

भारतको ओडिशा राज्यमा रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजेतिर भएको दुर्घटनामा ९०० जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु(हावडा एक्सप्रेस रेल लिकबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि २३० भन्दा बढीको मृत्यु भएको छ। भने करिब ९०० जना घाइते भएका छन्।

सुपरफास्ट ट्रेनको डिब्बा पल्टिँदा धेरै यात्रु फसेका छन्। उद्धार कार्य अहिले पनि जारी छ। रेलको डिब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ।

यो दुर्घटना शताब्दीकै ठुलो मानिएको छ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्प कमल दहाल ( प्रचण्ड ) ले उक्त घटना प्रती भारतिय प्रधानमन्त्री , मृतकका परिवार जनमा गहिरो समवेदना प्रकट गरेका छन ।