विधेयक पास भएको खुसीमा माइतिघरमा द्वीप प्रज्ज्वलन

81Shares
विधेयक पास भएको खुसीमा माइतिघरमा द्वीप प्रज्ज्वलन

बुधबार, १७ जेठ, २०८०,

काठमाडाैं,

नागरिकता विधेयक पारित भएको खुसीमा आज माइतिघरमा द्वीप प्रज्ज्वलन गरिएको छ ।

नागरिकता प्राप्तिको लागि लामो समयदेखि संघर्ष गरिरहेका नागरिकताविहीन मानिसहरुले बनाएको संघर्ष समितिको नेतृत्वमा द्वीप प्रज्ज्वलन भएको हो।

कानुनको अभावमा नेपाली नागरिकता प्राप्त गर्न नसकेका थुप्रै युवाले नागरिकता सम्वन्धी विधेयक पास भएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लगायतलाई धन्यवाद ज्ञापन गर्दै मैनबत्ती बालेका थिए ।