१ जेष्ठ काठमाडौं – एमाले सचिव टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेको ठाँउ बाट आइतबार प्रहरिले पक्राउ गरेको हो । वैशाख ३० को साँझ मात्र उनी काठमाडौँ आएका हुन् ।प्रहरी प्रधान कार्यालयको ‘विशेष ब्यूरो’ले उनलाई निगरानी गरिरहेको थियो । आइतबार साँझ ब्यूरोको टोली टोपबहादुर बसेको घरमा पुग्यो । एमालेका निलम्बित सचिव रायमाझीलाई ब्यूरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।
रायमाझीलाई अहिले प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए ।
प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा रायमाझीको स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य परिक्षण गर्नेबेला चिकित्सकसँग रायमाझिले भनेका थिए, ‘एक गिलास बियर लिएको छु ।’ उनलाई म्याद थपको लागी प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा रायमाझी आइतबार बेलुका काठमाडौं बाट पक्राउ परेका हुन् ।