पैसा समात्ने लाई छाड्ने , टाेप बहादुर लाई पक्राउ पुर्जी किन ? अध्यक्ष ओलि

39Shares
पैसा समात्ने लाई छाड्ने , टाेप बहादुर लाई पक्राउ पुर्जी किन ? अध्यक्ष ओलि

काठमाडौं – नेकपा ( एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् ।आजबाट सुरु पार्टीको  केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं ।  हामी आश्यर्च चकित भयौं ।’

सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि ओलिले प्रश्न गरेका छन् । उनले थपे, ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरु छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’

रायमाझी  निकटका मान्छेले आफूलाई फोन गर्दा आफूले प्रहरीमा उपस्थित भएर सामना गर्नुस् र अनुसन्धानमा सहयोग गर्नुस् भनेको कुरा बैठकमा सुनाएका थिय ।