२८ बैशाख काठमाडौं – संयुक्त विद्यार्थी संगठनहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको पक्षमा सडकमा उतृएका छ्न ।
प्रदर्शनी मार्ग रत्न राज्य लक्ष्मी क्याम्पस ( आर आर ) अगाडी बिहिबार बिहान सत्ता पक्षिय विद्यार्थी संगठनहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयले गरिरहेको अनुसन्धानको पक्षमा नाराबाजी गरेका हुन । संयुक्त विद्यार्थी संगठनमा ने बि संघ , अखिल ( क्रान्तिकारी ) , अनेरास्ववियु , नेपाल समाजवादी विद्यार्थी युनियन लगायत संगठनहरुको सहभागिता थियो ।
अखिल ( क्रान्तिकारी ) का अध्यक्ष पन्चा सिंहले काेण सभामा सम्बोधन गर्दै भनिन ‘ यो प्रचण्ड सरकारको सराहनीय काम हो । कुनै हालतमा दोषी उम्कन हुदैन । यो सरकारले कसैको दबाब स्विकार्नु हुदैन । मान्छे बिक्री गर्ने रास्ट्रघाती कार्य कसरी स्विकार्य हुन्छ ? दोषीलाई हदै सम्मको कार्वाही हुनु पर्छ ।’
त्यस्तै अनेरास्ववियुका अध्यक्ष समेत रहेका सुदेस पराजुलीले ‘ गठबन्धनको सरकार शुसासन तर्फ अघि बढेको छ । रोकिनु हुदैन । यो सरकार बाट जनताले शुसासनको आशा गर्नु पर्छ ‘ भन्दै यो कामको लागि आमनागरिकको साथ समर्थन रहने कुरामा जोड दिए ।
कोणसभामा ने बि संघका नेता दिनेश शाही ले पनि सम्बोधन गरेका थिए ।