प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको छलफल भइरहेको छ।
केहीबेर अघि सुरू भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। ‘केहीबेरअघि छलफल सुरू भएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले भने।
तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने जनाइएको छ।