२५ बैशाख काठमाडौं – नेपाली काङ्ग्रेसका युवा नेताहरुले पार्टी रुपान्तरणका एजेन्डामा देशभर छलफल गर्ने भएका छन । शनिबार र आइतबार गरि दुई दिन सम्म भएको छलफलले सातै प्रदेशमा कार्य बिभाजन गरि अन्तरक्रिया गर्ने निर्णय गरेको भुपेन्द्र जंग शाहिले जानकारी दिए ।
उनका अनुसार सातै प्रदेशमा जेठ महिना भित्र अन्तरक्रिया गर्ने संयोजक समेत तोकिएका छन । जस अनुसार कोशी प्रदेश – गुरु घिमिरे , मधेस प्रदेश – रन्जित कर्ण , बाग्मती प्रदेश – मधु आचार्य , गण्डकी प्रदेश – देवराज घिमिरे , लुम्बिनी प्रदेश – डा गोबिन्द पोखरेल , कर्णाली प्रदेश – भुपेन्द्र जंग शाही र सुदुरपश्चिम प्रदेश – भरत बहादुर खड्का संयोजक हुने भएकाछन ।
जिम्मेवारी पाएका सबै नेता संस्थापन इतर समुहका भए पनि छलफलमा काङ्ग्रेस भित्र संस्थापन पक्ष सहित सबै युवा नेताहरु रहेका छन ।
यस्तै सामाजिक संजालमा गगन थापा ले पनि आक्रोश पोखेका छन । उनले लेखेका छन ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’
यो सबै तयारी अब आवश्यकतामा काङ्ग्रेस नेतृत्व सच्चिन तयार नभए बिभाजनको आधार देखिएको छ ।सबै प्रदेशको संरचना बनाइ समानान्तर पार्टी चलाउन खोज्नु बिभाजनको निहु खोज्न खोजेको देखिन्छ । यो अन्तरबिरोध झागिदै गए नेपाली काङ्ग्रेस बिभाजन हुन कसैले रोक्न नसक्ने एक जानकार विश्लेषकले बताए ।