नव नियुक्त मन्त्री आचार्यले लिए शपथ

771Shares
नव नियुक्त मन्त्री आचार्यले  लिए  शपथ

२४ बैशाख काठमाडौं –  नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।आचार्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।

यो संगै नेपाली काङ्ग्रेसको भागमा परेका ८ वटै मन्त्रालयले नेतृत्व पाएको छ । अब यो सरकारमा ज स पा को भागमा रहेको एक मन्त्रालय बाकी रहेको छ ।