१३ वैशाख, जनकपुरधाम । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् ।
बारा २ बाट उपेन्द्र यादव विजयीवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भए ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्मरण रहोस कि जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा मंसिर ४ को चुनावमा ने क पा ( माओवादी केन्द्र ) बाट उमेदवार थिए । यो चुनावमा सोही दल बाट उमेदवार बन्न नपाउने देखेर दल परिवर्तन गरेका थिए ।