बालेन सरकारबाट दोस्रो मन्त्री आउट

बालेन सरकारबाट दोस्रो मन्त्री आउट

२५ भदौ काठमाडौं । विसंं २०८२ चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको सरकारबाट मन्त्री बाहिरिएकी छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार भदौ २५मा राजीनामा दिएकी छन् ।एलपी ग्यास अभावको व्यवस्थापन गर्न नसकेकी यादवले दिएको अभिव्यक्ति विवादित भएपछि व्यवसायीहरूले आपत्ति जनाएका थिए । उनले ग्यासको अभाव उद्योगी व्यवसायीकै कारण भएको अभिव्यक्ति दिएकी थिइन् ।यादवले भनेकी थिइन्,उद्योगी व्यवसायीको पाता नफर्काएसम्म ग्यासको आपूर्ति सहज हुँदैन ।उनी यसअघिका निर्णयमा पनि विवादित भएको भन्दै प्रधानमन्त्री असन्तुष्ट थिए ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाउनुअघि पेट्रोलियम व्यवसायीहरूसँग मन्त्रालयमै भेट गरेको भनेर प्रधानमन्त्री असन्तुष्ट थिए । प्रधानमन्त्रीले नै प्रहरी प्रमुखलाई फोन गरेर ‘मन्त्रीलाई पक्राउ गर्न’ आदेश दिएको र प्रहरी प्रमुखले ‘मन्त्रीलाई सिधै पक्राउ गर्न नमिल्ने’ भनेपछि रोकिएको खबरहरू बाहिरिएका थिए ।तर, विभागीय मन्त्रालयको नेतृत्वमा रहेर ग्यास आपूर्ति व्यवस्थापन गर्न नसकेको र समस्या सम्बोधन गर्न नसकेमा ‘असक्षम’ भन्दै बर्खास्थिको तयारी गरेपछि मन्त्री यादवले राजीनामा दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यादवले राजीनामा नदिएको भए उनी प्रधानमन्त्रीबाटै बर्खास्थिमा पर्ने थिइन् । बालेन सरकारबाट हट्ने गौरीकुमारी दोस्रो मन्त्री भएकी छन् ।यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको जिम्मेवारी सम्हालेका श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री दीपक साह पनि हटाएका थिए । आफ्नी श्रीमती जुनू श्रेष्ठलाई स्वास्थ्य विमा बोर्डको सदस्यमा नियुक्तिका लागि प्रभावित पारेको आरोपमा उनलाई प्रधानमन्त्रीले बर्खास्थ गरेका थिए ।श्रीमती जुनू श्रेष्ठ स्वास्थ्य विमा बोर्डको बैठकमा लगातार अनुपस्थित भएर रिक्त भएको पदमा निरन्तरता दिन दबाब दिएको आरोप उनीमाथि थियो । तर, स्वास्थ्यमन्त्री निशा मेहताले भने श्रेष्ठलाई नयाँ सदस्यका रूपमा नियुक्त गरेकी थिइन् । त्यही चर्चा र समाजिक सञ्जालको विरोधपछि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्र नै लेखेर मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न भनेका थिए । त्यसकै आधारमा प्रधानमन्त्री शाहले उनलाई हटाएका थिए । उनको कार्यकाल १३ दिन मात्र भएको थियो । १३ चैतमा शपथ खाएका मन्त्री साह २६ चैतमा पदमुक्त भएका थिए ।