१७ साउन काठमाडौं। इरानका कार्यवाहक रक्षामन्त्री मजिद इब्न रेजाले इरानविरुद्ध आउने हरेक प्रकारका धम्कीलाई वास्तविक र गम्भीर रूपमा लिने बताएका छन्।
इरानी समाचार संस्था आईआरएनएका अनुसार उनले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको आफ्नो वक्तव्यमा भनेका छन्, शत्रुपक्षका हालैका अभिव्यक्ति मनोवैज्ञानिक तथा रणनीतिक युद्धको हिस्सा हुन सक्छन्, तर हाम्रो लागि हरेक धम्की वास्तविक र गम्भीर हुन्छ।