प्रहरीका लेखापालको समय अवधि घटाउने (पि.सि.सि) को निर्णय

33Shares
प्रहरीका लेखापालको समय अवधि घटाउने (पि.सि.सि) को निर्णय

सोमबार, २ साउन, २०८०,

काठमाडौं,

नेपाल प्रहरीका लेखापालहरूको पदावधि घटाउने निर्णय गरिएको छ ।

नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय नीति समन्वय समिति (पिसिसि)ले सो निर्णय गरेको हो । पीसीसीको निर्णय अनुसार आईजीपी बसन्तबहादुर कुँवरले सो निर्णय कार्यान्वयनका लागी सर्कुलर गरेका छन् । अहिले कायम रहेको ८ वर्षको पदावधिलाई घटाएर ६ वर्ष कायम गरिएको हो ।

२०७९ असार २७ मा तत्कालीन आईजीपी धिरजप्रताप सिंहले ६ वर्षलाई बढाएर ८ वर्षे पदावधि कायम गर्ने निर्णय गरेका थिए । तर, सो निर्णय एक वर्षमा नै वर्तमान आईजीपी कुँवरले उल्टाएका हुन् ।

आठ वर्षे पदावधि कायम राख्दा पछि तालिम गरेका लेखापालहरू अवसरबाट वञ्चित हुने देखिएपछि निर्णय परिवर्तन गरिएको प्रहरी प्रवक्ता कडायत नयाँ शिरालाई बताए ।

पदावधि घटाउने सिफारिस मानव स्रोत विकास विभागका एआईजी सन्दीप भण्डारीले अघि बढाएका थिए । लेखापाल तालिम गरेर जिम्मेवारी नपाएका जुनियर अधिकृतहरू उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठकहाँ पुगेर गुनासो गरेका थिए । प्रहरी कर्मचारीको सरुवा र बढुवा गर्ने जिम्मेवारी पाएका एआईजी भण्डारीले पनि पदावधि घटाउन मन्त्रिलाई ‘लबिङ’ गरेको प्रधानमन्त्री कार्यलयको स्रोतले जानकारी दिएको छ ।