गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

774Shares
गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

शुक्रबार, २९ असार, २०८०,

काठमाडौं,

बुधबार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको काजकिरिया गरिएको छैन ।

धार्मिक विधिअनुसार काजकिरिया नगर्ने सल्लाह भएको र त्यसैअनुरूप शोक मात्र मनाइएको परिवारका सदस्यहरूले बताएका छन् । बुधबार दिउँसो पशुपति आर्यघाटमा भने धार्मिक विधिअनुसार नै सीताको दाहसंस्कार गरिएको थियो । उनलाई प्रधानमन्त्री आफैँले दागबत्ती दिएका थिए । त्यस बेला दाहाल दम्पतीका दुई छोरी पनि सँगै थिए ।

यसअघि छोराको निधन हुँदा काजकिरिया नगरेका प्रचण्डले धर्मपत्नीको निधनमा पनि काजकिरिया नगरेका हुन् ।

सीताको निधन भएसँगै शोक मनाउने क्रममा परिवारका सदस्यहरूले नुन पनि नबारेको बताइएको छ । ६९ वर्षकी सीताको बुधवार काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।