ब्रोइलर कुखुराको मुल्य घट्यो

69Shares
ब्रोइलर कुखुराको मुल्य घट्यो

बिहिबार, २८ असार, २०८०,

काठमाडौं,

काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ । २५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड स्टोर (जिउँदो कुखुरा) मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

पछिल्लो पटक मूल्य घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको संघका सचिव देवकुमार गिरीले जानकारी दिए । यसअघि ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो ।

जिउँदो कुखुराको उत्पादन बढेको र भारतबाट पनि अवैध मात्रामा कुखुरा भित्रिएका कारण मूल्य घटेको संघले जनाएको छ ।

ब्रोइलरको कोल्ड स्टोर मूल्य घटेसँगै अब तयारी कुखुराको मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ४६० रुपैयाँ प्रतिकिलो सम्ममा तयारी ब्रोइलरको कुखुराको मासुको बिक्री भइरहेको छ ।

काठमाडौं उपत्यका दैनिक करिब ५ लाख किलो मासुको पखत हुन्छ ।