मधेश र कोशी प्रदेशमा भारी बर्षाको सम्भावना सतर्क रहन आग्रह

33Shares
मधेश र कोशी प्रदेशमा भारी बर्षाको सम्भावना सतर्क रहन आग्रह

बिहिबार, २८ असार, २०८०,

काठमाडौं,

मधेश र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा भारी वर्षाको सम्भावना मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ देखि ६ घन्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा लगायतका जिल्लाहरुका धेरै स्थानमा भारी वर्षा भएको छ ।

झापाको अनारमनीमा पछिल्लो २४ घन्टामा १ सय ७९ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै चन्द्रगढी विमानस्थल आसपासका क्षेत्रमा १ सय ४१.६ मिलिमिटर वर्षा भएको छ । धरानको सुनसरी आसपासमा १ सय ५६.४ मिलिमिटर पानी परेको मान गरिएको छ । यता बाराको निजगढ क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय २९.६ मिलिमिटर पानी परेको छ ।

तराईका यी जिल्ला भई बहने साना खोला तथा खोल्साहरुमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जानकारी दिएको छ ।
नदी तटीय क्षेत्र र डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।