सीता दाहालको आजै अन्त्येष्टि गर्ने तयारी

765Shares
सीता दाहालको आजै अन्त्येष्टि  गर्ने तयारी

बुधबार, २७ असार, २०८०,

काठमाडौं,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन साथी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो । अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।