मंगलबार, २६ असार, २०८०,
काठमाडौं,
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
पाइटलसहित ६ जना यात्रु बोकेर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।
हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।