संसद खुलाउन एमाले तयार

45Shares
संसद खुलाउन एमाले तयार

आइतबार, २४ असार, २०८०,

काठमाडौं,

संसद्को अवरोध खुलाउने विषयमा प्रमुख दलबीच सहमति जुटेको छ ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता के पि शर्मा ओली बीच सिंहदरबारमा छलफल भएको थियो ।

छलफलपछि एमाले संसद्को अवरोध हटाउन तयार रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

असार १८ गतेको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्दोलित थिए । रास्वपाले प्रधानमन्त्रीको जवाफ मागेको थियो भने राप्रपाको माग राजीनामा नै थियो ।

अहिले सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।