आइतबार, २४ असार, २०८०,
काठमाडौं,
प्रतिनिधि सभाको बैठक दुई घन्टा सरेको छ । दिउँसो १ बजेलाई तय गरिएको बैठक ३ बजेलाई सरेको हो ।
प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बैठक बसेको हो ।
बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई घन्टा बैठक सार्न आग्रह गरेका हुन्
‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले एक बजेका लागि तय गरेको बैठक दुई घण्टा पछि सार्नुभएको छ । टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिनुभयो,’ सभामुखका प्रेस सल्लाहकारले भने ।