अखिल क्रान्तिकारीकाे विवाद अझै सकिएन : स्ववियु काउन्सिलको भेला पवन समूहले बहिष्कार गर्ने

75Shares
अखिल क्रान्तिकारीकाे विवाद अझै सकिएन : स्ववियु काउन्सिलको भेला पवन समूहले बहिष्कार गर्ने

बुधबार, २० असार, २०८०,

काठमाडौं,

अनेरास्ववियु (क्रान्तिकारी)ले बोलाएको क्रान्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेला संगठनको एक समूह (पवन समुह) ले वहिष्कार गर्ने भएको छ ।

क्रान्तिकारीको असन्तुष्ट पक्ष समुहका संयोजक पवन कार्कीले विज्ञप्ति निकालेर बहिष्कार गर्न आह्वान गरेका छन् । संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि बनाएर तेस्रो राष्ट्र्यि भेला गर्न लागिएको छ ।

भेला बुधबार र बिहीबार (असार २० र २१) लागि बोलाइएको छ । संगठनको आधिकारिक अध्यक्ष पञ्चा सिंहले बोलाएको भेलाविरुद्ध विद्रोही कार्की पक्ष उभिएको छ ।

निर्वाचित प्रतिनिधिहरूलाई विवादित बनाउन गर्न लागिएको भेला बहिष्कार गर्न उनले आह्वान गरेका छन् । कार्की पक्षले भेलालाई स्वार्थ समूहको कार्य भनेको छ ।

विज्ञप्तिमा के छ ? पढ्नुहाेस् ।