सोमबार, १८ असार, २०८०,
काठमाडौं,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ७.५० रुपैयाँ, डिजेल प्रतिलिटर ६ रुपैयाँ र मट्टितेल प्रतिलिटर ५ रुपैयाँका दरले घटाइएको छ । यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ ।
भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा निगमले यस्तो निर्णय गरेको हो ।
विभागले साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ ।
सोमबार राति १२ बजेटदेखि लागु हुने गरी निर्धारण गरिएको मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ ।
निगमकाे विज्ञप्तिमा के छ ?