तीन किलोमा आज बिहान फेरि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरूद्ध

777Shares
तीन किलोमा आज बिहान फेरि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरूद्ध

शनिबार, १६ असार, २०८०,

चितवन,

इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान फेरि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरूद्ध भएको छ ।

तीन किलोमा सुख्खा पहिरो खसेपछि बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।

२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहँदा आज बिहान तीन बजे पुनः पहिरो खसेपछि सडक अवरूद्ध भएको हो ।

बिहीबारदेखि रोकिएका सवारी साधनहरू शुक्रबार साँझ पाँच बजेपछि पास भएका थिए । तर आज पुनः अवरूद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने काम भइरहेको छ ।

सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।