शनिबार, १६ असार, २०८०,
हेटौंडा,
हेटौंडामा बस दुर्घटना भएको छ ।
नारायणगढबाट जनकपुरका लागि छुटेको ना ६ ख ९८०४ नम्बरको बस हेटौंडा– ११ नवलपुरमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी घाइते हुनेको संख्या ५२ पुगेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ
घाइतेमध्ये ३० जनाको हेटौंडा अस्पताल, २१ जनाको चुरेहिल अस्पताल र गम्भिर घाइते एकजनाको चितवनको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेब गौतमले जानकारी दिए । उनका अनुसार बसका चलाक फरार रहेकाले उनको खोजी भइरहेको छ ।