आयल निगममा पुर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

आयल निगममा पुर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

शुक्रबार, १५ असार, २०८०

काठमाडौं,

विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले शुक्रबार खड्कालाई एक वर्ष तीन महिना कैद र नौ करोड १९ लाख छ हजार छ सय रूपैयाँ बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिवानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने अदालतले फैसला गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खड्काले १८ करोड ६६ लाख रूपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।