देशभर आज बकर इदको उल्लास

768Shares
 देशभर आज बकर इदको उल्लास

विहिवार, १४ असार, २०८०

काठमाडौं,

इस्लाम धर्मावलम्वीको दोस्रो ठूलो चार्ड बकर इद बिहीबार धुमधामले मनाइएको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । बकर इदका अवसरमा ससाना बालबालिकादेखि बुढपाकासम्मले खुसी साटासाट गरेका छन् ।

मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैका मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरेका छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।

बकर इदको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।