साउदी अरबमा गाेलावारी हुँदा एक नेपाली कामदारकाे मृत्यु

60Shares
साउदी अरबमा गाेलावारी हुँदा एक नेपाली कामदारकाे मृत्यु

विहिवार, १४ असार, २०८०

काठमाडौं,

साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ ।

मारिनेमा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी रहेको समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गरेको छ ।

घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको जानकारी दिइएको छ । साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।

साउदी अरबको मिडिया रिपोर्टमा एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि गाडी रोकेर बन्दुकसहित सुरक्षा बल सामु पुगेका थिए । त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।

अमेरिकी विदेश मन्त्रालय वाणिज्य दूतावास र साउदी अरब प्रशासनले घटनाबारे जाँच गरिरहेको छ ।